ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍‌कन तालिम सम्पन्‍न

ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा २ दिने ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्कन तालिम सम्पन्न भएको छ । यही फागुनमा आयोजित तालिमको पहिलो दिन धितो मुल्याङ्‌कन सम्बन्धमा इन्जिनियर बिक्रम दाहालले, दोस्रो दिन ऋणको कानुनी प्रक्रिया सम्बन्धमा नेफ्स्कूनका कानुनी सल्लाहकार रामचन्द्र सिम्खडा र प्राचार्य गणेशप्रसाद तिमिल्‍सेनाले सहजीकरण गर्नुभएको थियो । तालिममा ललितपुर ,काठमाडौं, र सिराहा जिल्लाका विभिन्न संस्थाहरुबाट ११ महिला र बाँकी पुरुषसहित ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको समापन नेफ्स्कून ललितपुर फिल्ड व्‍यवस्थापक उपसमिति सदस्य बिष्णु हुमागाइको अध्यक्षता तथा कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा भएको थियो । तालिमका ४ सहभागीले आफ्ना‍ सिकाइ अनुभवहरु सुनाउनुभएको थियो । उहाँहरुले तालिम धेरै महत्वपूर्ण रहेको भन्दै ऋण लगानीमा थप जिम्मेवार हुन सहयोग पुगेको, विविध कानुनी बिषयमा जानकारी प्राप्त भएको र सजग र सुशासित भइ कार्य सञ्चा‍लन गर्न सहज भएको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरुले साकोस अभियानलाई मजबुत बनाउन संघले विभिन्न कार्यक्रम सञ्‍चालन गरेकोमा सस्थाहरुले त्यसबाट लाभ लिइ गुणस्तरीय अभ्यासमा लैजानुपर्ने, गुणस्तरीय ऋण प्रवाहमा जोड दिनुपर्ने धारणा राख्दै संस्था सञ्चालन गर्दा कानुनी पाटोमा ध्यान दिनुपर्ने, कानुनी विषयमा हेल्चक्राइ गरियो भने संस्थामा नकारात्मक प्रभाव पर्न जाने, कानुनी बिषयलाई मिचेर कसैले काम गर्नु भनेर दवाव दिएमा व्‍यवस्थापक वा कर्मचारीले त्यस्ता काम गर्न सक्दिन भन्न सक्नुपर्ने धारणा राख्दै सिकेका कुरा संस्थाहरुमा लागु हुने विश्‍वास व्यक्त गर्नुभयो । कार्यक्रमको समन्वय तथा सन्चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नु भएको थियो । सहभागीहरुले तालिमबाट प्राप्त उपलब्धिप्रति खुसी व्यक्त गर्नुभएको साकोस आवाजलाई बताउनुभयो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *