ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान


काभ्रे । पनौती न.पा-६ नमोबुद्ध रोड काभ्रेमा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. ले आज जेष्ठ सदस्य सम्मान र वृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै आठौं एकीकरण उत्सव मनाएको छ । प्रत्येक बर्ष एकीकरण दिवसको अवसरमा सामाजिक कार्यहरु गर्दै आएको उक्त संस्थाले यस बर्ष ५५ जना जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै काठमाडौं मेडिकल कलेज ९ केएमसीको प्राविधिक सहयोगमा बृहत नि-शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ४०० जनाले स्वास्थ्य सम्बन्धी साधारण चेक जाँच , रगत परीक्षण, सुगर, प्रेसर, युरिक एसिड, आखाँ सम्बन्धी सम्पूर्ण परीक्षण, गाइनो, भिडियो एक्सरे, ईसिजी परीक्षण गरेका थिए । उक्त शिविरमा परीक्षण गर्न आउने सम्पूर्ण सदस्यहरुलाई संस्थाको पहलमा थप उपचारका लागि काठमाडौं मेडिकल कलेजले औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतित्थ्यता र संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि परितोष पौडेललले संस्थाका जेष्ठ सदस्यहरुलाई र बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान गर्नुभएको थियो । संस्थाले सहकारी एकीकरणमा खेलेको भुमिकाको प्रशंसा गर्दैे उहाँले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्‍याएको योगदान र गरीवी निवारण तथा उत्पादनमा सदस्यलाई आर्थिक आत्मनिर्भर र सम्वृद्ध समाज निर्माण गर्ने विषयमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको थियो ।संस्थाले वि.स २०६९ साल फाल्गुन १९गते काभ्रेको पनौतीमा रहेका ज्योति, मिर्मिरे, सामुहिक महिला र जागृति नमुना चार वटा छुट्टा छुट्टै सञ्चा‍लनमा रहेको संस्थाहरुलाई एकैपटक नेपालमै पहिलो पटक भव्यरुपमा सहकारी एकीकरण गरी एकीकरणमा अग्रणी भुमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभुमि रहेको छ ।

एकीकरण अभियानलाई नेतृत्व गरेको यस संस्थाले गत वर्ष आफ्नो सातौं एकीकरण उत्सवका अवसरमा बल्थलिमा रहेको जन्म ज्योति महिला विकास वहुउद्देश्यीय सहकारी सँग पनि एकीकरण गरेको थियो । कार्यक्रममा बाग्म‍ति प्रदेश बचत संघ, जिल्ला सहकारी संघ काभ्रे, जिल्ला बचत संघ काभ्रे, पत्रकार महाँसंघ काभ्रे, सिटिजन लाइफ इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स लगायत विभिन्न छिमेकी सहकारीबाट पाल्नुभएका अतिथिहरुबाट संस्था यस वर्ष नेफस्कूनद्धारा २९ औ बार्षिक साधारण सभाबाट बाग्म‍ति प्रदेश स्तरीय उत्कृष्ट साकोस घोषणा भएकोमा हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा नेपालको सहकारीको अभियानको नेतृत्व गर्न शुभकामना दिनुभयो ।

दिगो र उत्कृष्ट वित्तिय सहकारी संस्थाको परिकल्पना गरी समुदायमा आधारित भएर सञ्‍चालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७७ माघ मसान्त सम्ममा आइपुग्दा पनौती, वनेपा, धुलिखेल ,पाँचखाल, मण्डनदेउपुर नगरपालिका र वेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाई हाल ११५०० शेयर सदस्य तथा ९७० बाल बचतकर्ता सदस्यहरु मार्फत करिब कूल ९० करोड पूँजी सङ्‍कलन गरी सेवा प्रदान गर्दै आएको कुरा सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी गराउनुभयो ।सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा जानकारी गराईएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कान्छीमैंया थापाले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव दिपकप्रसाद दाहालले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस