काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहयोगमा अर्थव साकोस, चितवन-३ दिवसीय संस्थागत विकास तालिम शुरु भएको छ । पोखरामा फागुन २१ गते सम्म सञ्चालन हुने तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति एवम व्यवस्थापनबाट गरी २२ जनाको सहभागीता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने, कार्यक्रम अधिकृत बिदुर खड्का, तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।
तालिम उद्घाटनको क्रममा नेफ्स्कून निवर्तमान सञ्चालक भरत दवाडी, जिल्ला वचत सघं चितवनका सञ्चालक सदस्य आनन्द पाण्डेको पनि उपस्थिति रहेको थियो । कार्यक्रम उद्घाटन सत्रमा उपाध्यक्ष शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका सभापति अध्यक्ष विजय भण्डारी लम्सालले तालिम साकोसको सस्थागत विकासका लागि प्रभावकारी बन्ने विश्वाससहित शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply