pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ७ स्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाको लि. को नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि CUDCC तालिम आज फागुन २० गतेदेखि चितवनको सौराहामा सुरु भएको छ । फागुन २० गते देखि २४ गते सञ्चालन हुने उक्त तालिमको आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. ९ नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रका प्रमुख अतिथि ढकालले सहकारी ऐन, नियमावलीको केही व्यक्तिहरुले व्यक्ति अनुकूल व्याख्या गर्दै यसको मर्म विपरित काम कारवाहीहरु गर्न सुरु गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले उक्त तालिमले सहकारीका सञ्चालकहरुको प्रतिवद्धतालाई गतिशील बनाउँदै निर्दिष्ट लक्ष्यमा पुग्‍न सहयोगी हुने कुरा व्यक्त गर्नुभयो । नेफ्स्कूनले हालको वित्तीय बजार अनुसार साकोसहरुलाई उपयुक्त हुने थप प्रोडक्टको विकास गर्दै चन्द्रागिरि साकोस लगायत ठुलो कारोवार गर्ने सहकारीहरु समेतलाई समेट्ने गरी नयाँ योजना ल्याउने कुरा समेत जानकारी गराउनुभयो । संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले यस तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका सदस्यहरुलाई थप प्रभावकारी र सुविधाजनक सेवाहरु प्रवाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्‍वास व्यक्त गर्नुभयो ।

आज भन्दा २० वर्ष २ महिना अगाडि अर्थात वि.सं २०५७ साल पौष २२ गते २५ जना व्यक्ति मिलेर स्थापना भएको संस्था हाल १३ हजार सदस्य र २ अर्ब ३४ करोडको कुल सम्पत्ति सहित विशुद्ध रुपमा समुदायमा आधारित सहकारीको रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रकाश पार्नुभयो । नेफ्स्कून तालिम विभाग प्रमुख प्रचार्य गणेशप्रसाद तिमिल्‍सेना र वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्‍सेनाले ५ दिवसीय तालिमको प्रशिक्षण सहजीकरण गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध