सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न

नारायणगढ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड-९ नेफ्स्कून चितवन फिल्ड कार्यालयको आयोजनामा सहकारीमा सूचना तथा सन्देश प्रवाह कार्यशला गोष्ठी आज सम्पन्न भएको छ । चितवन र नवलपरासी जिल्लाका महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक तथा सूचना अधिकारीको सहभागितामा कार्यशाला गोष्ठी सम्‍पन्‍न गरिएको हो । ४० जना सहकारीकर्मी महिला सहभागी रहेका कार्यक्रमको सहजीकरण पत्रकार प्रतिमा सिलवालले गर्नुभएको थियो ।

गोष्ठीमा सहकारीले आफ्ना सूचना तथा सफलताका कथाहरु कसरी सञ्चार माध्यमसम्म पुर्‍याउन सक्छन् र पत्रकारसँगको सम्बन्ध कसरी बढाउने भन्ने सम्बन्धमा छलफल भएको नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले महिलाले सञ्चालन गरेका सहकारी संस्थाहरुले उदाहरणीय कामहरु गरेका भएपनि उनीहरुले आफ्नो कार्यक्रमको प्रचार प्रसार गर्न नसकेको बताउनुभयो ।

Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *