धनुषा । प्रोबेसन मध्यतराई क्लष्टर तेस्रोको ९ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन PALM कार्यशाला सम्पन्न भएको छ । शुभश्री बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा धनुषा जिल्लाको सबैला ८ मा फागुन २२ गते शनिवार आयोजित उक्त कार्यशालाका प्रमुख अतिथि नगरपालिकाका मेयर विजय शंकर प्रसाद साह हुनुहुन्थ्यो भने अध्यक्षता साकोसका अध्यक्ष विरेन्द्र कुमार साहले गर्नुभएको थियो । कार्यशालामा ६ वटा साकोसका २८ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले आ आफ्नो साकोसको मासिक प्रतिवेदनको आधारमा वित्तीय बिश्लेषण गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाका नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचक सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो ।

Leave a Reply