साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु


पोखरा । काठमाडौं, कास्की, धरान र नवलपरासी सुस्तापूर्वमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (Credit Union Manager’s Competency Course Training(CUMCC) पोखरामा शुरु भएको छ । तालिममा २ महिला र १५ पुरुष गरी १७ जना साकोस व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले उद्घाटन गर्नुभएको तालिमको अध्यक्षता सञ्चालक कमलादेवी गिरीले गर्नुभएको थियो भने संघका काेषाध्यक्ष दिपक पनेरुको विशेष आतिथ्यता रहेको थियो । तालिम फागुन २१ देखि २५ गते सम्म सञ्चालन हुनेछ ।

नेफ्स्कूनको आयोजनामा सञ्चालित उक्त तालिमको सहजीकरण संघका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्‍जयराज तिमिल्‍सेना र वरिष्ठ अधिकृत भरत न्यौपानेले सहजीकरण गर्नुभएको छ । तालिमको पहिलो दिन पोखरा रोयल साकोसका प्रमुख प्रवन्धक मिलन ढकालले उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न