नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने


काठमाडौं । नेफ्स्कूनले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुद्वारा सञ्चालित साकोसहरुका लागि नेकोस प्लस सफ्टवेयर लगायतका प्रविधि सेवामा विशेष छुट प्रदान गर्ने निर्णय गरेको छ । नेफ्स्कूनले जिनोब इन्क प्रा।लि।को संयुक्त पहलमा महिलाहरुद्वारा सञ्चालित साकोसहरुका लागि आगामी चैत मसान्त नेकोस प्लस सफ्टवेयर तथा विभिन्न मोबाइल बैंकिङ, ट्याब बैंकिङ, एसएमएस बैंकिङ, अनलाईन बैंकिङ र मिस्ड कल सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । यो सुविधासम्बन्धी घोषणा आज मकवानपुरमा आयोजित सहकारी व्यावसायिकीकरणमा महिलाको निर्णायक सहभागिता विषयक अनुशरणीय गोष्ठीबाट गरिएको छ ।

यसैगरी, महिलाहरुद्वारा सञ्चालित तथा महिलाहरुमात्र सदस्य रहेको साकोसका महिला उद्यमीहरुले सञ्चालन गरेको साना तथा मझौला व्यवसायको लागि सहज पुँजीको स्रोत व्यवस्थापन गरी महिला उद्यमशिलता विकास गर्न मात्र ६ प्रतिशत व्याजदरमा बिना कुनै सेवा शुल्क ५ वर्षका लागि सहज र सरल ऋण प्रदान गर्ने योजनासहित महिला उद्यमशिलता थोक ऋण प्रदान गर्ने योजना नेफ्स्कूनले अघि सारेको छ । यस योजना अन्तर्गत पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा यस आर्थिक वर्षभित्र १ अर्ब लगानी गर्ने नेफ्स्कूनले जनाएको छ । यो सेवा संघका देशभरका सबै फिल्ड कार्यालयबाट प्रदान गरिने नेफ्स्कूनले जनाएको छ ।

प्रविधिमा महिला साकोस, सदस्य, सञ्चालक समिति तथा व्यवस्थापनको सहज पहुँज विस्तारमा सहयोगको अपरिहार्यतालाई ध्यानमा राखी नेफ्स्कूनले यी योजना अघि बढाएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस