चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्न
काठमाडौं । नेफ्स्कून तथा जिल्ला बचत संघ काठमाडौ कास्कूनको साझेदारी तथा प्राविधिक सहयोगमा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम अन्तर्गत काठमाडौ चौथो समूहका साकोसहरुबीच सातौ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला बिहानी नारी साकोसको आयोजनामा फागुन २१ गते गुर्जुधारामा सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका नगर प्रमुख राधाकृष्ण गिरी प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता बिहानी नारी साकोसकी अध्यक्ष जिनमाया चापागाईले गर्नुभएको थियो ।

कार्यक्रममा, सतुङ्गल साकोस, चम्किला तारा साकोस, ग्रामीण आर्थिक साकोस, सगरमाथा साकोस, युगवाणी साकोस, जनश्रमिक साकोस, विहानी नारी साकोस र गुर्जुधारा साकोसको सहभागिता थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनकी अधिकृत सविना न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा आगामी आठौ कार्यशाला ग्रामीण आर्थिक साकोसको आयोजनामा २०७८ साल जेठ २१ गते शुक्रवार गर्ने निर्णय गरिएको थियो ।