आज अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदै


महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ आज १ सय ११औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउने प्रचलन छ ।

नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपालको बचत ऋण सहकारी अभियानको शीर्षस्थ निकाय नेफ्स्कूनले साताव्यापी महिला विशेष कार्यक्रमहरु आयोजना गरेको छ । हिजोमात्रै वागमती प्रदेश मकवानपुर हेटौंडामा एक कार्यक्रमका बीच महिलाद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई प्रविधि प्रयोगमा विशेष छुट र महिला उद्यमशिलता विकासका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने घोषणा गरेको थियो । साथै आज महिला साकोसहरुमा नारी दिवस विशेष कार्यक्रमहरुको आयोजना हुँदैछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन