मकवानपुर । नेफ्स्कूनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई निशुल्क सफ्टवयर सेवा र महिला उद्यमशिलता विकास थोक ऋण उपलब्ध गराउने घोषणा गरेको छ । आज मकवानपुरको हेटौंडामा नेफ्स्कूनद्वारा आयोजित सहकारी व्यवसायिकीकरणमा महिलाको निर्णायक सहभागिता विषयक अनुशरणीय गोष्ठीका अवसरमा निशुल्क सफ्टवयर सेवा र थोक ऋण सुविधा प्रदान गर्ने घोषणा गरेको हो । कार्यक्रमका अवसरमा नेफ्स्कूनले महिलाद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि एक महिनाका लागि निशुल्क नेकोस प्लस सफ्टवयर र ६ प्रतिशत व्याजदरमा ५ बर्षका लागि बिना कुनै सेवा शुल्क महिला उद्यमशिलता विकास थोक ऋण उपलब्ध गराइने संघका उपाध्यक्ष शान्ति अधिकरी ढकालले जानकारी गराउनुभयो ।

प्रविधि मैत्री साकोस निर्माणको लागि निशुल्क सफ्टवयर तथा वित्तीय प्रविधि विकासका लागि नेफ्स्कून र जिनोव इन्क प्रा.लि.(Zinob Inc.Pvt.ltd.) बीचको संयुक्त साझेदारीमा आगामी चैत्र मसान्त सम्मका लागि नेकोस प्लस सफ्टवयर तथा मोवाइल बैंकिङ निशुल्क सेवा वितरण गर्ने घोषणा गरिएको हो । साथै ६ प्रतिशत व्याजदरमा ५ बर्षसम्मका लागि बचत तथा ऋण सहकारी संस्थाको कुल वासलतको आधारमा विना धितो महिला उद्यमशिलता विकास थोक ऋण सुविधा प्रदान गर्ने भएको छ । यस योजना अन्तर्गत पहिला आउनेलाई पहिलो प्राथमिकताका आधारमा यस आर्थिक वर्षभित्र संघका देशभरका सबै फिल्ड कार्यालयबाट १ अर्ब लगानी गरिएको छ ।

नेफ्स्कूनका सञ्चालक एवम महिला सशक्तीकरण उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख व्यक्ति उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक विद्या कोइराला, हरेरामप्रसाद, जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, फिल्ड व्यवस्थापन उपसमिति सदस्य विजयबहादुर बस्नेत, राजेन्द्रप्रसाद पौडेल लगायत चितवन, नवलपरासी र मकवानपुरमा सञ्चालित महिला साकोसका अध्यक्ष, प्रतिनिध एवम् व्यवस्थापन कर्मचारीहरु सहित ७५ जनाको उपसस्थिति थियो ।
कार्यक्रम सहजीकरण नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, जिनोव इन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजीभ कर्ण र नेफ्स्कूनका सञ्चार अधिकृत राधा पौडेलले गर्नुभएको थियो । महिला सशक्तीकरण उपसमिति सदस्य विष्णुमाया लामाले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन मकवानपुर फिल्ड इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।
Leave a Reply