दोलखा । जिल्लाको जिरी नगरपालिका वडा नं-६ हाटडाँडास्थित आकाशदिप बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम ९ प्रोवेसनमा आवद्ध भएको छ । आकाशदीप साकोसको कार्यालयमा फागुन २५ गते भएको प्रोेवेसन कार्यक्रमको छलफल तथा अन्तक्रिया कार्यक्रम पछि उक्त संस्था प्रोवेसन कार्यक्रममा आवद्ध भएको हो ।
सम्झौता पत्रमा संस्थाको तर्फबाट संस्थाका अध्यक्ष मरिजबहादुर खड्का, कोषध्यक्ष धना जिरेल र व्यवस्थापक पुष्करबहादुर खड्का तथा नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत श्यामराजा तिमिल्सेना र व्यवसाय अधिकृत समिट खड्काले हस्ताक्षर गर्नुभएको छ । हाल संस्थाको कुल वासलात २६ करोड १९ लाख रुपयाँ रहेको छ । संस्था यस अघि नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारीत साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध रहेको थियो ।
Leave a Reply