सहकारी विभागको रजिष्ट्रारमा लीलानाथ शर्मा
काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी लीलाप्रसाद शर्माले प्राप्त गर्नुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले शर्मालाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो । शर्माले भोली फागुन २६ गतेबाट विभागको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । शर्मा यसअघि भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्य सचिव रहनुभएको थियो । रजिष्ट्रार डा.टोकराज पाण्डेलाई सरकारले रक्षा मन्त्रालयमा सरुवा गरेपछि शर्मालाई विभागको जिम्मेवारी दिइएको हो । पाण्डेले २०७५ फागुन २९ गते विभागको रजिष्ट्रारको जिम्मेवारी सम्हाल्नुभएको थियो ।