नेफ्स्कूनको आयोजनामा जीवन र कार्यसम्पादन रुपान्तरणका पद्धतीहरू विषयक कार्यशाला शुरु


चितवन । नेतृत्व सीप क्षमताका आयमहरुमा विकास, रचनात्मक तथा सहनिर्भरताको सोच र सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित चितवनको सौराहमा आजबाट जीवन र कार्यसम्पादन रुपान्तरणका पद्धतीहरू विषयक कार्यशाला चितवनको सौराहामा शुरु भएको छ । कार्यशाला उद्घाटनका क्रममा बोल्दै संघका अध्यक्ष परितोष पौडेलले व्यक्तिगत तथा संस्थागत जीवनमा सम्भावना उन्मुख व्यवस्थापनको सीप विकास गर्ने र उच्चतम तहको कार्यसिद्धिको क्षमता विकास गर्ने उद्देश्यका साथ जीवन र कार्यसम्पादन रुपान्तरणका सिकाई सँग जोड्न खोजिएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सकारात्मक सोचको विकास, नेतृत्व सीप पहिचान र सशक्तीकरण, क्षमताका आयम विकास साथै रचनात्मक सोच र सम्बन्ध विस्तारलाई कार्याशालाले थप मजवुद बनाउने विश्‍वास व्यक्त गर्नुभयो । महासचिव दामोदर अधिकारीले परिलक्षित गन्तव्य हासिल गर्ने दिशामा तालिमले व्यक्तिगत साथै संस्थागत जीवनका सम्भावना उन्मुख व्यवस्थापकको सीप विकास गर्न मद्दत गर्ने र उच्चतम कार्यपद्धतिको क्षमता विकासमा सघाउ पुग्‍ने विचार व्यक्तगर्नुभयो ।

प्रशिक्षक नरबहादुर कार्कीको प्रशिक्षणमा रहने तीन दिवसीय उक्त कार्यशालामा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उच्च व्यवस्थापन, एक्सेस कार्यक्रममा आवद्ध सदस्य संस्थाका अध्यक्ष एवम् व्यवस्थापक र प्रदेश बचत संघका प्रतिनिधिहरु सहित १ सय ३० जना सहभागी हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन