ललितपुर सहकारी प्रर्वद्धन केन्द्रको भवन उद्घाटन


काठमाडौं ।
जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको सहकारी प्रर्वद्धन केन्द्रको भवन उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

उक्त भवनको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुदैं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले नेपालमा सहकारीको ठूलो योगदान रहेको बताएका छन् । विकास भनेको बाटो पुल पुलेसा बनाउनु मात्रै नभएर कुनै पनि नेपाली नागरिकको आर्थिक उन्नती हुनु पनि विकास रहेको बताए । आर्थिक उन्नतीको लागि सहकारी सहयोग गर्ने विश्वास व्यक्त गरे । साथै उनले सहकारी आन्दोलनलाई अगाडी बढाउन आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहकारी क्षेत्रको विकासका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको बताए । नवनिर्मित भवन संरक्षणका लागि ध्यान दिनुपर्ने बताउदैं उनले व्यापारिक भवन बनाइसकेपछि सरसफाईमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

केन्द्रीय बहुउद्देश्यीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले नेपालमा सहकारी क्षेत्रको विकासका लागि सबैले लाग्नुपर्नेमा जोड दिए। हामीले राजनीतिभन्दा पनि काममा विश्वास गर्नुपर्नेमा जोड दिए । नेतृत्व व्यशायिक नभएको र अरु ठाउँमा काम नपाएपछि सहकारीमा आउने गरेका गरेका उनले बताए ।
सहकारी अभियानका अभियन्ता दीपक प्रसाद बास्कोटाले भारत सरकारको सहयोग सहकारी आन्दोलनमा भित्र्याएकोमा धन्यवाद दिदैं उनले सहकारी क्षेत्रको प्रर्वद्धनमा लाग्नुपर्ने बताए । सहकारीले समाजलाई रुपान्तरण गर्ने भएकोले ठूलो योगदान आवश्यक रहेकोमा जोड दिए।

जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलालले भवन निर्माण सहयोग गर्ने भारत सरकारलाई धन्यबाद दिदै निकट भविष्यमै नवनिर्मित भवनमा कृषिजन्य सामग्री प्रदर्शनमा राखिने बताए । सहकारीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री उदय राणा, नेपालका लागि भारतीय राजदूतावासका डेपुटी चीफ नामग्या सी खम्पा, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, केन्द्रीय बहुउद्देश्यीय संघका अध्यक्ष सुरेन्द्र भण्डारी ,सहकारी अभियानका अभियन्ता दीपक प्रसाद बास्कोटा , जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलाल लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन