रुपन्देही । गुल्मीस्थित लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC रुपन्देहीको बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी १९ जनाको सहभागिता थियो । फागुन महिनामा आयोजित उक्त उच्चस्तरीय तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून सञ्चालक सन्दीप सापकोटाले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले तालिमको सफलताको कामना गर्दै लेकाली साकोस नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सफल भएको र यसले अब आफ्ना सदस्यहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
साकोसले लगानी गर्ने पूँजीलाई उद्यमशिलता सम्बन्धी कार्यमा प्राथमिकता दिई सदस्यहरुलाई उद्यमी बनाउँदै उनीहरुको आर्थिक अवस्थामा सुधार गर्ने कार्यमा लागि पर्न लेकाली साकोसलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भवनप्रसाद अर्यालले गर्नुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र उमेश कोईरालाले गर्नुभएको थियो ।
Leave a Reply