धनवर्षा साकोसद्वारा प्रोवेसन कार्यक्रममा सहभागी हुने प्रतिवद्धता

रुपन्देही । बुटवल उपमहानगरपालिका २ स्थित धनवर्षा साकोसले नेफ्स्कूनले सञ्चालन गरेको साकोस गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोवेसनमा सहभागी हुने प्रतिवद्धता जनाएको छ । सञ्चालक समिति उपसमिति तथा कर्मचारीहरुको लागि सहकारी सञ्‍चालनसम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रमका क्रममा संस्थाले दिगोपना, विश्वसनीयता र वित्तीय अनुशासनका लागि नेफ्स्कूनले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी हुने बताउनु भएको थियो ।

यही फागुनमा आयोजित उक्त कार्यक्रममा संस्थाको सञ्‍चालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी २७ जनाको सहभागिता थियो । तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । तालिमबाट संस्था सञ्‍चालन सम्बन्धी धेरै ज्ञान प्राप्त भएको र आगामी दिनमा कार्यान्वयन गर्दै संस्थालाई अघि बढाउने प्रतिवद्धता तालिम समापनमा अध्यक्ष नारायणप्रसाद ज्ञवालीले व्यक्त गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *