जीवन र कार्यसम्पादन रुपान्तरण विषयक कार्यशाला सम्पन्‍न


चितवन । नेफ्स्कूनको आयोजनामा चितवनको सौराहामा सञ्चालित जीवन र कार्यसम्पादन रुपान्तरणका पद्धतीहरू विषयक कार्यशाला आज सम्पन्‍न भएको छ । यही फागुनमा शुरु भएको उक्त तीन दिवसीय कार्यक्रम सहजीकरण प्रशिक्षक नरबहादर कार्कीले गर्नुभएको थियो । नेतृत्व सीप क्षमताका आयामहरूमा विकास, रचनात्मक तथा सहनिर्भरताको सोच, व्यक्तिगत तथा संस्थागत जीवनमा सम्भावना उन्मुख व्यवस्थापनको सीप विकास गर्ने र उच्चतम तहको कार्यसिद्धिको क्षमता विकास गर्ने उद्देश्य सहित जीवन र कार्यसम्पादन रुपान्तरणको सिकाईलाई जोडिएको थियो ।

कार्यक्रममा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उच्च व्यवस्थापन, एक्सेस कार्यक्रममा आवद्ध सदस्य संस्थाका अध्यक्ष एवम् व्यवस्थापक र प्रदेश बचत संघका प्रतिनिधिहरु सहित १ सय ४० जना सहभागी हुनुभएको थियो । कार्यक्रम समापन संघका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन