व्यवस्थापक क्षमता अभिबृद्धि तालिम सम्पन्‍न


राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित तीन दिवसीय व्यवस्थापक क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । यही फागुनमा सञ्चालन भएको उक्त तालिम कार्यक्रमको समापन गर्दै महासंघका सञ्चालक तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक राजेन्द्र पौडेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । महासंघको यस तालिमले सहकारी व्यवसायको गुणात्मक विकास हुने अपेक्षा गरेको बताउँदै उहाँले आफूले विगतमा सहकारी सम्बन्धी धेरै प्रकारका तालिमहरु लिएर नेतृत्व तहसम्म पुग्‍न सफल भएकोे हुँदा आजका व्यवस्थापकहरुमा पनि आफूले सो कुरा देखेकाले जिम्मेवार भएर काम गर्नेहरुका लागि सहकारी उर्वर र बहुआयामिक क्षेत्र भएको बताउनुभयो ।

सोही अवसरमा महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सहकारी व्यवसायको अभिबृद्धि र स्थायित्वका लागि व्यवस्थापकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सञ्‍चालन गरेको बताउदै व्यवस्थापकहरु सधै चनाखो भएर सामय सापेक्ष रुपमा चल्न सक्नुपर्ने कुरामा जोड दिनुभयो । देशभरिका विभिन्न सहकारी संघ – संस्थाहरुमा कार्यरत २७ जनाको सहभागिता रहेको उक्त तालिममा सहकारीविज्ञ तथा लेखक चन्द्रबहादुर ठकुरीले सहकारी व्यवसाय विकासमा मूल्य सिद्धान्तको प्रयोग र सरोकारवाला निकायहरुबीच सम्बन्ध विकास, नेपाल बचत तथा ऋण सहकारी संघ लि. नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारीमा मानव संशाधन व्यवस्थापनको बारेमा बताउनुभयो ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले व्यवस्थापकको नेतृत्वशीलता तथा सञ्चालक बीचको सम्बन्ध, नेफ्स्कुनकै अर्का पूर्वकार्यकारी अधिकृत कुबेर निरौलाले सहकारीमा बित्तीय व्यवस्थापन, महासंघका कार्यक्रम अधिकृत अन्तर्राष्ट्रिय सम्बन्ध सुरेश थापाले व्यक्तिगत अवकाश विश्लेषण, महासंघकै सञ्चार अधिकृत रामसुदन तिमिल्‍सेनाले समूह कार्य, सहकारी सूचना प्रविधिविज्ञ अमोद पुडासैनीले सहकारीमा सूचना प्रविधि व्यवस्थापन र सहकारी अभियन्ता हिम्मत हिंस लेकालीले द्वन्द्व तथा जोखिम व्यवस्थापन सम्वन्धमा सहजीकरण गर्नुभएको थियो । उक्त तालिमको समापन कार्यक्रम तालिम अधिकृत सुनिता यादव र सिनियर तालिम सहायक देवीमाया बाँस्कोटाबाट संचालन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन