सेवा साकोसको CUDCC तालिम सम्पन्‍न


सुनसरीको ईटहरीस्थित सेवा बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम CUDCC कृषि विकास बैंक लि. को तालिम केन्द्र लेटाङमा सम्पन्न भएको छ । यहि फागुनमा सञ्चालित तालिमको उद्घाटन सेवा साकोसका संस्थापक अध्यक्ष एवंम सल्लाहकार जंगबहादुर खड्का र संस्थाका वर्तमान अध्यक्ष तिर्थबहादुर अधिकारीले संयुक्तरूपमा गर्नुभएको थियो ।

तालिममा संस्थाको सञ्चालक, लेखा, सल्लाहकार र विभिन्न उपसमितिका पदाधिकारीहरू तथा कर्मचारीहरू गरी १८ जनाको सहभागिता थियोे । संस्थापक अध्यक्षले तालिमले साकोसका सञ्चा‍लकहरुको बुझाईमा एकरुपता भई साकोसको विकास हुने बताउनुभयो ।

तालिम सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारी र कार्यक्रम अधिकृत मुकेश दाहालले गर्नुभएको थियो भने कार्यक्रम समापन संस्थापक अध्यक्ष एवंम सल्लाहकार जङ्‌गबहादुर खड्काले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन