चितवन जिल्ला बचत संघको २४ औं स्थापना दिवस भव्य रुपमा सम्पन्‍न


चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्नो २४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । भरतपुर महानगरपालिका १०, चितवनस्थित संघले हिजो एक कार्यक्रम गरी आगामी वर्षको रजत महोत्सव भव्यताका साथ सम्पन्न गर्न विविध कार्यक्रमहरुको घोषणा पनि गरेको छ । सदस्य संस्थाहरु र कर्मचारीहरुको स्वमुल्याङ्कनका आधारमा संस्था र कर्मचारीहरुको पुरस्कार र सम्मान कार्यक्रम समेत संघले सम्पन्न गरेको छ । संघका संस्थापक सचिव वर्तमान सल्लाहकार एवम् नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा प्रमुख अतिथि रहनुभएको कार्यक्रममको अध्यक्षता संघका अध्यक्ष हरिश्‍चन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरुमा वाग्‍मती प्रदेश सहकारी संघ लि. को कोषाध्यक्ष टिकाराम भट्टराई, सल्लाहकार एवम सञ्‍चालक सदस्य वाग्‍मती प्रदेश बचत संघ लि तेजेन्द्रबहादुर खड्का रहनुभएको थियो । संघकी उपाध्यक्ष एवम् नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव रामराज पौडेलले गर्नुभएको थियो ।

यसैबीच, आर्थिक वर्ष २०७५\०७६ मा ५ करोड रुपैयाँसम्म पुँजी भएका संस्थाहरुमध्येबाट रत्‍ननगर–२, चितवनस्थित शिद्धेश्वरी महिला साकोसलाई उत्कृष्ट साकोसका रुपमा सम्मानित गरिएको थियो भने ५ करोड भन्दा माथि १५ करोड सम्म पुँजी भएका संस्थाहरुमध्येवाट भरतपुर महानगरपालिका–१५, चितवनस्थित अर्थगणेश साकोस प्रथम, भरतपुर महानगरपालिका–१, चितवनस्थित सुनचाँदी साकोस द्धितिय र भरतपुर महानगरपालिका–८, चितवनस्थित रविकिरण साकोस तृतिय भएका छन् । यस्तै, १५ करोड देखि माथि पुँजी भएका संस्थाहरुमध्येबाटः- प्रथम , समझदारी भोजाड साकोस भरतपुर महानगरपालिका–११, चितवन, द्धितिय, मंगलपुर साकोस भरतपुर महानगरपालिका–१६ , चितवन, तृतिय , आदर्श साकोस भरतपुर महानगरपालिका–१०, चितवन गरि ३ सकोसहरु सफल हुनुभएको थयो ।

आर्थिक वर्ष २०७६र०७७ मा १० ५ करोड सम्म पुँजी भएका संस्थाहरुवाटः-( क) उज्जल महिला विकास साकोस रत्ननगर–१ ,चितवन, २० ५ करोड भन्दा माथि १५ करोड सम्म पुँजी भएका संस्थाहरुवाटः-प्रथम, हिमाली साकोस भरतपुर महानगरपालिका–११, चितवन, द्धितिय, नवदुर्गा भवानी साकोस, भरतपुर महानगरपालिका–५, चितवन, १५ करोड देखि माथि पुँजी भएका संस्थाहरुवाट प्रथम भरतपुर जनसेवा साकोस भरतपुर महानगरपालिका–१२, चितवन, द्धितिय लोककल्याणकारी साकोस भरतपुर महानगरपालिका– ४, चितवन र तृतिय प्रभात दिदीवहिनी साकोस भरतपुर महानगरपालिका–१२, चितवन भएको छ ।

कार्यक्रममा तीनै जनालाई सम्मानित गरिएको थियो । संघले आगामी वर्ष अर्थात् रजत बर्षका लागि घोषणा गरेका गर्ने कार्यक्रमहरुमा १. स्वास्थ्य सम्बन्धी कार्यक्रम, २. रक्तदान कार्यक्रम ९पालिकास्तरमा प्रतियोगितात्मक, ३. पालिका स्तरिय वतृत्वकला प्रतियोगिता, ४. पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, ५. रजत लोगो, ६.उत्कृष्ट सहकारी अभियन्ता सम्मान कार्यक्रमः- १ महिला २ पुरुष, ७. उत्कृष्ट सदस्य संस्था सम्मान कार्यक्रम, ८. युवा गोष्ठी ९सहकारी युवाहरुको संलग्नता, ९. चितवन साकोस समिट, १०. पालिका स्तरिय सहकारी कर्मचारी भलिवल प्रतियोगिता, ११. पालिका स्तरिय सहकारी कर्मचारी वतृत्वकला प्रतियोगिता, १२. सहकारी अभियन्ता कविता प्रतियोगिता, १३. म्यूजिकल चेयर्स – खुल्ला, १४. घैटो फुटाइ – खुल्ला, १५. संस्थापक सम्मान कार्यक्रम, १६. रजत स्मारिका प्रकाशन र १७. चौंथो रणनैतिक व्यावसायिक योजना निर्माण गोष्ठी कार्यक्रमहरु राखेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन