पोखरा रोयल साकोसको CUDCC तालिम सुरु


सौराहा, चितवन । कास्की जिल्लास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा चितवनको सौराहामा सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC प्रारम्भ भएको छ । संस्थाका सञ्चालक, लेखा सुपसिवेक्षण समिति, विभिन्न उपसमितिहरु र उच्च व्यवस्थापनका गरी २४ जना सहभागी उक्त तालिम चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ । उक्‍त तालिममा संक्षिप्त कार्यक्रमबीच नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले तालिमको औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटन क्रममा प्रमुख अतिथि अधिकारीले बचत तथा ऋण सहकारी संस्था सञ्चालनको लागि सञ्चालकहरुमा दिगो सोच र प्रवल इच्छाशक्ति आवश्यक हुने धारणा राख्नुभयो । उहाँले इतिहासमा अल्मलिनुभन्दा भविष्य कस्तो बनाउने भन्‍नेतर्फ योजना बनाउनुपर्ने र बचत तथा ऋण सहकारीहरु केवल वित्तीय गतिविधिमा मात्र सिमित नरही सदस्यहरुको सामाजिक तथा व्यवसायिक हितका लागि संस्थागत रुपमा ठूला परियोजनाहरु सञ्चालनका लागि पनि तयार रहनुपर्ने सुझाव राख्नुभयो ।

संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष रुद्रकुमारी गुरुङको स्वागत मन्तव्य र संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङको सञ्चालन रहेको कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्से‍ना, निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल र चन्द्रगिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । गण्डकी प्रदेशको पोखरामा प्रधान कार्यालय रहेको संस्था हाल नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. द्धारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसन गण्डकी क्लष्टर अन्तर्गत आवद्ध रहेको छ । संस्थाले ७ हजार सदस्य मार्फत २ अर्व बराबरको वित्तीय कारोबार गरिरहेकोे संस्थाको सूचना अधिकारी मिलन ढकालले जानकारी गराउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन