कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम


चितवन । चितवनको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । संस्थाका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा संस्थामा १ दिने कर्मचारीहरुको क्षमता अभिवृद्वि तालिम भरतपुर–७, कृष्णपुरमा सम्पन्न भएको छ ।
उक्त १ दिने तालिममा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियो । उक्त तालिममा संस्थामा कार्यरत १७ जना कर्मचारीहरुको सहभागिता थियो ।

कर्मचारीको क्षमता अभिवृद्विले नै संस्थाको लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सक्ने भएकाले समय–समयमा कर्मचारी तालिम आवश्यक पर्ने र संस्थाका कर्मचारीहरुको सीप, क्षमता र योग्यताको विकाससँगै कर्मचारीहरुले निरन्तर अध्ययनको बानी विकास गर्नुपर्ने भएकोले तालिमको आयोजना गरेको अध्यक्ष बाल गोपाल चुकेले जानकारी दिनुभयो । प्रशिक्षक भरतप्रसाद न्यौपानेले कर्मचारीको काम कर्तव्य र अधिकार, सहकारीका सिद्धान्त, सहकारी शिक्षा, कर्मचारीको भुमिका, सदस्य सेवा, संस्थाका उत्पादन र सेवाहरु, कर्मचारीको व्यक्तित्व र क्षमता बढाउने उपायहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन