सहकारी दिवसमा कविता र निबन्ध लेखन प्रतियोगिता हुने


काठमाडौं । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कविता र निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । चैत २० गते परेको दिवसको अवसरमा बनेपा नगरपालिका ६ मा काभ्रेपलाञ्चोकमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रतियोगिताको आयोजना गरेको हो । लेखन प्रतियोगितामा बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउनेछन् । ‘आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा सहकारीको भूमिका’ शिर्षक रहेको निबन्ध लेखन प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार, द्वितीय पुरस्कार ४ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार २ हजार राखिएको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ । यस्तै कविता लेखन प्रतियोगितामा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी हुन पाउनेछन् । कविताको शिर्षक‘सहकारीको बचत ’ तोकिएको छ । जसको प्रथम पुरस्कार ३ हजार,द्वितीय पुरस्कार २ हजार, तृतीय पुरस्कार १ हजार ५०० र सान्त्वना पुरस्कार १ हजार रहेको छ । सहभागी हुन चाहनेले आफूले लेखेको रचनाहरु चैत १० गतेभित्र कार्यालयमा पेश गर्न जानकारी गराएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन