तनहुँ । जिल्लाको तीनखोले बचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो सातौं वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वपूर्ण कार्य गर्दै मनाएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको सदस्य संस्था शुक्लागण्डकी नगरपालिका वडा नं- ७ खैरेनीटार तनहुँ स्थित तीनखोले बचत तथा ऋण सहकारी संस्था लि. ले वार्षिकोत्सवका अवसरमा सदस्यहरुको मधुमेह तथा रक्तचाप परीक्षण गराएको हो । संस्थाको कार्यालय भवन प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठको अध्यक्षता र शु.न.पा वडा नं- ७ का वडाअध्यक्ष रामबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भिमाद न.पा-८ का वडा अध्यक्ष, संस्थाका उपाध्यक्ष उपेन्द्र तिमिल्सेना, संस्थाको शिक्षा उपसमिती सदस्य बुद्धीमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जी.पी कोइराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचैतारा तनहूँको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा २०० जनाको स्वास्थ्य जाँच गराइएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव समुन्द्रराम श्रेष्ठले गर्नुभएको थियो ।
Leave a Reply