महासङ्घको रणनीतिक योजना तर्जुमा कार्यशाला शुरु
राष्ट्रिय सहकारी महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला चन्दागिरीमा शुरु भएको छ । कार्यशालाको शुरुवातमा बोल्दै महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियानलाई उचाईमा पुर्याउनका लागि महासंघको रणनीतिक योजनाको महत्व रहेको बताउनुभयो ।

महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको अघिल्लो ५ बर्षे रणनीति योजनाको समिक्षात्मक प्रस्तुती गर्नुभएको थियो । कार्यशालामा पूर्व अर्थसचिव रामेश्वर खनाल, मास्टर चेतना कोचइन्द्र गुरुङ, मनोपरामर्शदाता राजेश्वरी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।