नवनियुक्त रजिष्ट्रार शर्मालाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका पदाधिकारीहरुद्वारा आज सहकारी विभागका नवनियुक्त रजिष्ट्रार लीला प्रसाद शर्मालाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । संघका अध्यक्ष परितोष पौडेल, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु र कार्यप्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल सहितको टोलीले रजिष्ट्रार शर्मालाई विभागकै कार्यकक्षमा पुगी बधाई एवम् शुभकामना व्यक्त गरेको हो ।

सोही अवसरमा विभागमा आयोजित एक संक्षिप्त अन्तरक्रियाका क्रममा नेफ्स्कून पदाधिकारीहरुले बचत ऋण सहकारी अभियान र नेफ्स्कूनको आगामी कार्यदिशाको सन्दर्भमा रजिष्ट्रार शर्मालाई जानकारी गराउनुभएको थियो । रजिष्ट्रार शर्माले सहकारी अभियानबाट प्राप्त सबै विषयहरुमा गहन अध्ययन र विश्लेषण गरेर सहकारीको नियमन र सुशासनको पाटोलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यसमा सबैपक्षबीच सहकार्य मार्फत अगाडि बढ्ने बचतवद्धता व्यक्त गर्नुभएको थियो । नवनियुक्त रजिष्ट्रार शर्माले गत फागुन २६ गतेबाट विभागको जिम्मेवारी सम्हाल्नुभएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न