चन्द्रागिरी परिवारमा बैकुण्ठ मानन्धरको प्रवेश


काठमाडौं । किर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर काठमाडौंको थानकोटस्थित चन्द्रागिरी साकोसको सदस्य बन्‍नुभएको छ । हिजो चन्द्रागिरी कार्यालयमा गई उहाँले नयाँ सदस्यता सम्बन्धी सबै प्रक्रिया पुरा गरी सदस्यता लिनुभएको हो । का.म.न.पा-१३ स्थायी निवासी मानन्धरको चन्द्रागिरी सदस्यता नम्बर १४२७६ रहेको छ । विख्यात धावक मानन्धरले दक्षिण एशियाली खेलकूदमा नेपालका तर्फबाट लगातार ३ पटक ३ स्वर्ण पदक प्राप्त गर्ने किर्तिमान म्यानराथन दौडमा हासिल गर्नुभएको छ भने उहाँले ४ पटक ओलम्पिक्स् खेलमा पनि सहभागिता जनाइसक्नुभएको छ । दक्षिण एशियाली खेलकूदमा लगातार ४ पटक स्वर्ण हासिल गर्ने किर्तीमानी तेक्‍कान्डो खेलाडी दिपक बिष्ट पनि मानन्धरलाई नै प्रेरणा स्रोत मान्नुहुन्छ ।

चन्द्रागिरीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले धेरै समयदेखि मानन्धरसँग कुरा भैरहेपनि संयोग जुर्न नसकेको बताउँदै हिजो त्यो मेसो मिलेको जानकारी गराउनुभयो । ‘मानन्धरजस्तो ख्यातिप्राप्त व्यक्तित्व चन्द्रागिरी साकोससँग जोडिनु हाम्रो लागि गर्वको कुरा हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले भन्नुभयो साँच्चै भन्ने हो भने यो हाम्रा लागि मात्र होइन समुदायस्तरमा भिजेर काम गर्ने सबै सहकारीहरुका लागि खुसीको कुरा हो । बाँकी सदस्यहरु झैँ माननन्धर पनि अब साकोसको ब्राण्ड एम्बेसडर भएको उहाँले दावी गर्नुभयो ।

समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु सहकारीसँग जोडिनुलाई साख वृद्धिका रुपमा लिएको चन्द्रागिरी साकोसले जनाएको छ । सहकारीहरु विचलनमा परेको समाचारहरुकाबीच राष्ट्रिय छवि उजिल्याउने व्यक्ति चन्द्रागिरीसँग आवद्ध हुनुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सुशासन, इमान्दारी र मिहेनतको परिणाम भन्न रुचाउनुहुन्छ । असल नियत र सदस्यलाई केन्द्रमा राखेर काम गर्दा समाजका हरेक व्यक्तिहरु सहकारीमा जोडिने दावी श्रेष्ठले गर्नुभयो । हाल चन्द्रागिरीमा समाजमा पहिचान बनाउन सफल अरुपनि व्यक्ति र उहाँहरुका परिवारजन र आफन्तहरु सदस्य रहनुभएको छ ।

कोभिडको समयमा चन्द्रागिरीले गरेको कामबाट मानन्धर प्रभावित भएको बुझ्यौं । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो उहाँका आफन्तहरुले संस्थामार्फत कोभिड बीमा रकम भुक्तानी दावी गर्नुभएको थियो । त्यसबाहेक संस्थाले समुदायस्तरमा गरेको गतिविधिबारे जानकारी मानन्धरले चन्द्रागिरीले सञ्चालन गरेको मोबाइल बैंकिङ, एटीएम लगायतका प्रविधियुक्त सेवाको पनि प्रशंसा गर्नुभएको उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन