चितवनमा क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम सम्पन्‍न


चितवन । हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ र रामेश्वर पुस्तकालय तथा वाचनालयको महिला सशक्तिकरण उपसमिति भरतपुर २ क्षेत्रपुरको संयुक्त आयोजना र वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक एवं पाठेघरको मुखको पीरक्षण (VIA-Test) कार्यक्रम सम्पन्न भएको छ ।

रामेश्वर पुस्तकालय महिला सशक्तीकरण उपसमितिकी संयोजक शशी श्रेष्ठको अध्यक्षता, पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियको प्रमुख आतिथ्यता र नेफ्स्कून सञ्चालक विद्या कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमका हिमाली ब्राह्मी महिला साकोसकी अध्यक्ष भवानी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । यही चैत्रमा सम्पन्न कार्यक्रमा १०५ जनाले परिक्षण गराउनु भएको थियो । उक्त कार्यक्रममा वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रजिष्टार डा. अस्मिता राणा, सुपरभाइजर अयोध्या पाठक, सिनियर नर्स द्वय मञ्जु शर्मा र तारा दवाडीले सहजीकरण गर्नुभएको थियो ।

परीक्षणको क्रममा २ जना क्यान्सर आशंका, ८ जना सामान्य मासु पलाएको, २८ जना साधारण इन्फेक्सन, ११ जना पाठेघर तल झरेको, २ जना मेमोग्राम गर्नुपर्ने र ५४ जनाको सामान्य अवस्था रहेको प्राविधिक टोलीबाट जानकारी प्राप्त भएको थियो । कार्यक्रमको सञ्चालन गणेश माया शाहीले गर्नुभएको थियो । साथै नाम दर्ता भई परीक्षण गराउन बाँकीहरुलाई चैत्र २५ गते परीक्षण गरिने जानकारी गराइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन