सहकारी एकीकरणमा अर्को सफलता ४ बचत ऋण सहकारीहरुबीच एकीकरण
काठमाडौं । चितवनका ४ सहकारीबीच एकीकरण भएको छ । आज घोषणा सभा गरी औपचारिक एकीकरण गरिएको हो । चितवन साकोस, दिपज्योती अभिवृद्धि साकोस, मोडल साकोस र हाम्रो माइती साकोसबीच एकीकरण भएको हो । एकीकरणपछि सदस्य संख्या १० हजार २ सय १ पुगेको छ भने १ अर्ब १४ करोड सम्पत्ति तथा ५ प्रतिशत संस्थागत पुँजी पुगेको जनाइएको छ ।

एकीकृत संस्थाको नाम हाम्रो चितवन साकोस रहने भएको छ । तेजेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र सुर्यबदना हमालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारी र लेखा समिति संयोजक नवराज सापकोटाको पनि बिशिष्ट आतिथ्यता रहेको थियो । आजको एकीकरणसँगै सहकारी एकीकरण अभियानमा चितवनमा अर्को सफलता प्राप्त भएको छ ।