जनमुखी साकोस दोलखाको CUDCC तालिम नगरकोटमा


काठमाडौं । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरको नगरकोटमा सञ्‍चालकहरुको क्षमता अभिवृद्धि CUDCC तालिम प्रारम्भ भएको छ । संस्थाका सञ्‍चालक, लेखा सुपरीवेक्षण समिति, उपसमिति सदस्यहरु र उच्च व्यवस्थापन गरी २४ जना सहभागी हुनुभएको थियो । उक्त तालिम यही चैत १० गतेसम्म सञ्‍चालन हुनेछ । संक्षिप्त कार्यक्रम बीच संस्थाका अध्यक्ष माधवप्रसाद दहालले तालिमको औपचारिक उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमिल्‍सेनाले तालिमको विषयवस्तु र तालिमको महत्वको बारेमा मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षता, उपाध्यक्ष गीताकृष्ण शर्माको स्वागत मन्तव्य र संस्थाका सचिव लक्ष्मण चौलागाईले सञ्चा‍लन गरी सुरु भएको तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमिल्‍सेना र कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको थियो ।

जनमुखी साकोसले लगातार दुई पटक प्रोवेसन ब्राण्ड प्राप्त गरी हाल एक्सेस कार्यक्रममा आवद्ध भई सदस्यको सन्तुष्टीलाई केन्द्रमा राखि आफ्ना कार्यक्रमहरु गर्दै आइ रहेको छ । दोलखाको ग्रामीण क्षेत्रका १८ हजार बढि सदस्यहरु मार्फत ९० करोड भन्दा बढि सम्पत्तीलाई सदस्य माझ परीचालन गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन