काठमाडौं । नवलपरासीमा रहेका दुई सहकारीबीच एकीकरण भएको छ । हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ चिसापानीले बर्दघाट वडा नम्वर १६ मा रहेको एकता महिला बचत तथा ऋण सहकारी संस्थासंग औपचारीक रुपमा एक कार्यक्रमका विच एकीकरण गरेको हो । बर्दघाट नगरपालिका वडा नम्बर–२ ,चिसापानीमा केन्द्रीय कार्यलय रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले संस्था एकिकरणसंगै कार्यसमितिलाई समेत पूर्णता दिने काम सम्पन्न गरेको छ । यसअघि भएको १३ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा रिक्त राखिएको संस्थाको उपाध्यक्ष पदमा एकता महिला बचत तथा ऋण सहकारी संस्थावाट सावित्री दुवाडीलाई मनोनयन गरी समितिले पुर्णता दिईएको हो । यो सँगै एकता महिला बचत तथा ऋण सहकारी संस्थालाई अब हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ चिसापानीको दाउन्ने सेवा केन्द्रका रुपमा सञ्चालन गरीने भएको छ ।
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम राज सुवेदीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको संस्था एकिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले एकै प्रकृतिका उद्धेश्य लिएका सरकारीहरु अब एकिकरण हुदै गहिरहेको अवस्थामा हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले अझै बढी सहकारीहरुलाई एकिकरण गर्न सफल होस भन्ने धारणा राख्नुभएको थियो । त्यसैगरी उहाँले आगामी बर्ष नगरपालिका आफैले सहकारी लक्षीत बजेटमा विनियोजना गरेर नगरका सहकारीहरुलाई अझ बढी प्रभावकारी बनाउने लक्ष्य नगरपालिकाले लिएको बताउनुभएको छ । एकिकरण कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर १६ का वडाअध्यक्ष शुकबहादुर गुरुङ्ग, नेफस्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल,जिल्ला सहकारी संघकी सदस्य दिलकुमारी कुंवर लगाएतले बोल्दै सहकारीहरु अब ऋण लगानी र वचत सङ्कलनको काम मात्र गरेर नहुने बताउनुभएको थियो ।
Leave a Reply