सहकारीमा महिला समावेशीता विषयक दुईदिने गोष्ठी


काठमाडौँ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारीमा महिला समावेशिता विषयक राष्ट्रिय गोष्ठी आइतबारदेखि सुरु भएको छ । उक्त गोष्ठीको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महत्‍वले उद्घाटन गर्नुभएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजनामा भएको उत्त गोष्ठी आजसम्म चलिरहेको छ । गोष्ठीको अध्यक्षता महासंघका अध्यक्ष मिनराज कँडेलले गर्नुभएको थियो । सो गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य एवम् महासंघका सल्लाहकार उषा झा, सांसद डा. विमला राई पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष एवम अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा महासंघका उपाध्यक्ष रमेश पोख्रेल, सञ्‍चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, सञ्‍चालक अमृता सुब्बा, पद्‍मा गुरुङ, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सञ्‍चालन गर्नुभएको थियो । गोष्ठीमा महिला समावेशिताका लागि संघले गरेको प्रयास एवं चुनौतीका विषयमा राष्ट्रिय सहकारी बैंक तथा केन्द्रीय सहकारी संघले कार्यपत्र प्रस्तुत गरेका छन् । यस्तै महिला उद्यमी कमला सुवेदी र मल्लिका श्रेष्ठले आफ्नो उद्यमको विषयमा जानकारी गराउनुभएको थियो । पछिल्लो तथ्याङ्‍क अनुसार सहकारीमा महिलाको सहभागिता ५६ प्रतिशत रहेको छ । गोष्ठीमा देशभरीका करिब २ सय प्रतिनिधिको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन