एभरेष्ट साकोसका ८४ बाल सदस्यहरुको आँखा परिक्षण


चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औं स्थापना दिवसको अवसरमा संस्थामा आवद्ध बाल सदस्य तथा १६ वर्ष मुनिका खुत्रुके बचत सदस्यहरुको आँखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एभरेष्ट साकोसको आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा संस्थाको कार्यालयमा सम्पन्न भएको थियो । अभिभावक सहित जम्मा १८१ जनाको उपस्थिति रहेको आँखा परिक्षण कार्यक्रममा ८४ जना बाल सदस्यहरुले आँखा परिक्षण गराएका छन् ।

जसमध्ये १९ जनालाई दृष्टिमा समस्या देखिएको थियो र २ जनालाई दृष्टिदोष देखिएकोले थप परिक्षणका लागि भरतपुर आँखा अस्पताल रिफर गरिएको छ । अन्य केहीमा सामान्यतया एलर्जीको समस्या देखिएको छ । भरतपुर आँखा अस्पतालका अप्टिकल एसिस्टेन कुन्दन पौडेलले आँखाको समस्या कसैलाई वंशाणुगत र कसैलाई पछि समस्या देखिने भएकोले आँखा परिक्षण निरन्तर गर्नुपर्ने जानकारी दिनुभएको छ । अप्टिकल एसिस्टेन कुन्दन पौडेल सहित अन्य ३ जनाको टोलीले दिनभर प्राविधीक सहयोग गर्नुभएको थियो ।

साकोसले निरन्तर रुपमा संस्थामा आवद्ध बाल सदस्यहरुको लागि स्वास्थ्यमुलक, शिक्षामुलक कार्यक्रम आयोजना गर्दै आईरहेको र कार्यक्रममा सबैजनालाई सहभागिताको लागी आग्रह गर्दै आँखा परिक्षण नियमित रुपमा परिक्षण गर्नुपर्ने र समस्या देखिएमा समयमै उपचार गरे समस्या समाधान हुने संस्थाका अध्यक्ष बाल गोपाल चुकेले जानकारी दिनुभयो । एभरेष्ट साकोसमा हाल सम्म ३४०४ जना शेयर सदस्य, १३४५ जना बाल सदस्य आवद्ध रहेका छन भने ४४ करोड ५३ लाखको कुल सम्पति रहको छ ।

संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा संस्थाले बाल सदस्यहरुको लागी आँखा परिक्षण कार्यक्रम, महिला शेयर सदस्यहरुको लागी वित्तिय साक्षरता, सहकारी र महिला सशक्तिकरणको गोष्ठी, चैत्र १० गते सामाजिक उत्तरदायित्व बहन गर्दै नारायणी नमुना मा.वि. को दृष्टि बिहिन ईकाइमा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रम, चैत्र १२ गते जेष्ठ सदस्य सम्मान कार्यक्रम र स्थापना दिवसको दिन चैत्र १४ गते संस्थामा दिप प्रज्वलन र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको संस्थाका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन