महिला अधिकार दिने निर्णायक बन्‍नुपर्छ


ललितपुर । राष्ट्रिय योजना आयोगका सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका सल्लाहकार उषा झाले महिलाहरु अधिकार माग्ने नभएर अधिकार दिने निर्णायक तहमा रहनुपर्ने बताउनुभएको छ । जन्म दिने हामी, जन्मको निर्णायक हामी हौं, किन हामी अरुसँग अधिकार मागेर बसेका छौं । उहाँले भन्नुभयो हामी नै निर्णयकर्ता हो अब हामीहरु चुज टु च्यालेञ्‍जमा अघि बढ्छौं । आज राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठीका अवसरमा मुख्य वक्ताको रुपमा बोल्दै उहाँले भन्नुभयो अव हामी महिलाहरु कसैसँग गुहार माग्दैनौं, च्यालेञ्ज गर्न तयार हुन्छौं । कार्यक्रमका प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महत्‍वले आर्थिक सशक्तिकरण नै सामाजिक विभेदको अन्त्य भएकोले महिलाहरु शिक्षा र आर्थिक सवलताको पक्षमा जोडदार रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले आजको नेतृत्व तहमा महिला सहभागिताका लागि अग्रज महिलाहरुले पुर्याउनुभएको योगदानको स्मरण गर्दै आज महिलाहरु कुनै पनि क्षेत्रका कमजोर नरहेको दावी गर्नुभयो । उहाँले समाज परिवर्तन आफैंबाट शुरु गर्नुपर्ने बताउँदै आर्थिक सशक्तिकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको विचार राख्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले यथास्थानमा रहन चाहने समाजको गुणलाई नभत्काएसम्म महिलाहरुको बीचमा समानता र सशक्तिकरण सम्भव हुँदैन भनि अन्तराष्ट्रिय महिला अभियान सिडले सन् १९७९ मा प्रथम पटक अगाडि सारेको मुद्दाको प्रशंग उठाउँदै महिलामाथि हुने विभेदको अन्त्य र महिला सशक्तिकरणका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विचार राख्नुभयो ।

उहाँले महिलाहरु माथि हुने विविध हिंसाहरुमध्ये आर्थिक हिंसा अन्त्यका लागि महिलाको आर्थिक सशक्तिकरण र वित्तीय समावेशिता महत्वपूर्ण पक्ष भएको बताउँदै यसका लागि अन्तराष्ट्रिय सहकारी महासंघले अगाडि सारेको विषयमा ऐक्यवद्धता सहित नेफ्स्कूनले वित्तीय समावेशिता र फिनटेक लिट्रेसीका लागि विशेष कार्यक्रम ल्याउने बचनवद्धता व्यक्त गर्नुभयो ।उद्घाट सत्र समापनका अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारीलाई राज्यको प्रमुख तीन खम्बामध्येको एक खम्बाको रुपमा स्थापित गर्न महिला सहकारी कर्मीहरुको भूमिका उल्लेख्य रहेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले आजको २१ औं शताब्दीमा महिलाहरुको सक्रियता सबै ठाउँमा बढेको भएपनि नेतृत्व तहमा पुग्‍न संघर्ष अझै जारी राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सहकारीमा महिला नेतृत्व विस्तारको आवश्यकता औल्याउँदै राज्यले तोकेको महिला सहभागिताको प्रतिशत पुरा गर्न महासंघ लाग्ने पनि बचनवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सांसद मनकुमारी जिसी, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका उपाध्यक्ष रमेश पोख्रेल, महासंघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, सञ्चालक अमृता सुब्बा, पद्मा गुरुङ लगायतले महिला समावेशिताको विषयमा आफ्ना विचारहरु राख्नुभएको थियो । गोष्ठीमा सांसद डा. विमला राई पौडेलले महिला समावेशिताका लागि नीतिगत व्यवस्था र सहकारीको भूमिकाको विषयमा र महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले लैंगिक समानताको मुल प्रवाहिकरणमा सहकारी चुनौती र आगमी कार्यदिशा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन