मिलिजुली कालिञ्चोकको ८ औं सेवा केन्द थामीचागुमासस्त्री रोग परिक्षण शिविर


दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट दोलखाले आफना सेयर सदस्यहरुलाई सहज र सर्वसुलभ सेवा प्रवाहका लागि बिगु गा.पा.वडा नं ८ थामीचागु दोलखामा आठौ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । यसै अवसरमा सेवा सञ्चालन हुने उक्त ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुलाई स्वास्थ्य सचेतना फैलाउन स्त्रीरोग परिक्षण शिविर समेत सञ्चालन गरेको छ । उक्त शिविरमा १३१ जना व्‍यक्तिहरुले स्वास्थ्य परिक्षण गराई लाभ लिनुभएको थियो । उक्त सेवाकेन्द्र र स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम बिगु गाउँपालीकाका उपाध्यक्ष सन्जीव ओलीको प्रमुख आतित्थ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक सदस्य एवं बाग्‍मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिव जिवसराज खड्काको विशेष आतित्थ्यतामा भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

संस्थाले ग्रामीण भेगमा सेवा दिन सेवाकेन्द्र स्थापना र स्त्रीरोग परिक्षण कार्यक्रम आयोजना गरी स्थानिय महिलाहरुलाई रोगबाट जोगिन सचेत गराएकोमा खुसी व्‍यक्त गर्दै अतिथि लगायत संस्थाबाट सहभागीहरुलाई स्थानियबासीले स्वागत गीत र नृत्यका साथ भव्‍य स्वागत गर्नुभएको थियो । स्थानीयको तर्फबाट कुमारी थामीले संस्थाले सेवाकेन्द्र सञ्चालन गरेर बचत गर्ने बानीका विकासको साथै विप्रेषण सेवा, विद्युत् बिल भुक्तानी सेवा लगाएतका आर्थिक कारोवारमा सहजता पुर्यएकोमा धन्यबाद व्‍यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि नेफ्स्कुन सञ्‍चालक सदस्य जिवसराज खड्काले संस्थाले यस क्षेत्रमा आफ्नो सेवाकेन्द्र विस्तार गरेकोमा खुसी व्‍यक्त गर्दै सदस्यहरुको विकासको लागि संस्था सदैव अगाडि बढिरहनेछ र यो संस्था दिगो र भरपर्दो रहेकोले सबै समुदायलाई संस्थामा आवद्ध हुन आग्रह गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं विगु गा.पा.को उपाध्यक्ष सञ्‍जीव ओलीले सहकारीसँग समन्वय गरेर स्थानीय समुदायको विकासको लागि अगि बढ्ने प्रतिवद्धता व्‍यक्त सहित अव बिरामी पर्दा र समस्या हुँदा अन्‍त धाउनुपर्ने समस्या अन्त्य भएको र यसको समाधान गर्न मिलिजुली कालिञ्चोक साकोसले मद्धत पुर्याउने धारणा राख्नुभएको थियो ।

समापन कार्यक्रममा साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले सहभागी सबैमा धन्यबाद दिई संस्थाको ऐतिहासिक पृष्ठभुमि, संस्थाको सफलता र संस्थाको सदस्यहरुको लागि सेवा र सुविधाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेवी ,स्थानीय बासिन्दा, सञ्‍चालक समिति, उपसमिति, र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सहायक व्‍यवस्थापक रमेश सापकोटाले सञ्चालन गर्नुभएको थियो भने उपस्थित सम्पुर्णलाई संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद अधिकारीले स्वागत मन्तव्‍य राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन