सहकारीमा महिलाले नेतृत्व पाउनुपर्नेमा जोड, ५ बुँदे प्रतिवद्धता पत्र जारी

काठमाडौं। सहकारीमा महिलाले नेतृत्व पाउनुपर्नेमा जोड दिइएको छ । सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठीले महिला नेतृत्व, मुद्दा, आवाज र आवाजलाई थप मुखरित गर्ने उद्देश्यसहित ५ बुँदे प्रतिवद्धता पत्र जारी समेत गरिएको छ । राष्ट्रिय सहकारी महासंघले सहकारीमा लैंगिक मुल प्रवाहिकरण गर्न नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने, स्थानीयदेखि राष्ट्रिय स्तरसम्म लैंगिक उत्तरदायी बजेट विनियोजन गर्न आव्हान सहित ५ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको हो ।

महासंघको सभाहल पुल्चोक मा चैत्र ८ र ९ गते सञ्चालन भएको सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठीले सहकारीमा महिला समावेशिताका लागि अभियानमा ऐक्यवद्धता जाहेर गरिएको हो । गोष्ठीमा ७७ वटै जिल्लाबाट करिब १९० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी कर्मशिल बचत तथा ऋण सहकारी संस्था, पोखरामा उपाध्यक्ष संगिता गौतम तिमिल्‍सेनाले सहकारीमा महिला समावेशिता गोष्ठी असाध्यै उपयोगी र समयसान्दर्भिक रहेको र सहकारीमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने बताइन् ।

आफूमा सक्षमता प्रदर्शन गर्ने र नेतृत्व तहमा पुग्‍न हामीले हाम्रो अधिकार खोज्‍नुपर्छ भन्‍ने उनको जोड छ । जिल्ला सहकारी संघ, बाँकेका सञ्चालक विन्दा खरेलले आफुलाई सशक्त ढङ्‍गले उभ्याउने कोशिस गर्नुपर्ने बताउनुभएको छ ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *