चितवन । सरल नमुना साकोसको आयोजना एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा चितवनको सौराहामा संस्थागत विकास तलिम सम्पन्न भएको छ । संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार, विभिन्न उपसमितिका सदस्यहरु र उच्च व्यवस्थापन गरी १८ जना सहभागी उक्त तालिम यही चैत्रमा समापन भएको हो । संक्षिप्त कार्यक्रम बीच संस्थाका अध्यक्ष निर्मलप्रसाद बास्तोला र नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमिल्सेनाले औपचारिक उद्घाटन गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष निर्मलप्रसाद बास्तोलाको अध्यक्षतामा उपाध्यक्ष सरस्वती श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ लि. कास्कीका सचिव दिपकराज बास्तोला ज्यूले तालिमको औचित्य तथा आवस्यकता माथी प्रकाश पार्दै तालिमको महत्वको बारेमा मन्तव्य राख्नुभएको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमिल्सेना र कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो । सरल नमुना साकोस नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनले सञ्चालन गरेको ब्राण्डिङ कार्यक्रम अन्तर्गतको प्रोवेसनमा आवद्ध भई सदस्यको सन्तुष्टिलाई आत्मासाथ गर्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।
Leave a Reply