सगुन साकोस सर्लाहीको CUDCC तालिम प्रारम्भ
भक्तपुर, नगरकोट । सगुन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरको नगरकोटमा सञ्चालकहरुको क्षमता अभिवृद्धि CUDCC तालिम प्रारम्भ भएको छ । संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति, उपसमिति सदस्यहरु र उच्च व्यवस्थापन कर्मचारी गरी ३२ जना सहभागी उक्त तालिम चैत्र ११ गते सुरु भइ चैत १४ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता सस्थाको अध्यक्ष श्री केशव ढकालले गर्नुभएको थियो भने उद्घाटन सत्रमा प्रमुख अतिथी बाग्मती प्रदेश संघका अध्यक्ष श्री रामशरण घिमिरे र विशेष अतिथि बाग्मती बचत तथा ऋण संघका अध्यक्ष श्री उद्धव सापकोटा रहनुभएको थियो ।

कार्यक्रमका अतिथिहरुले सगुन साकोसको सहकारी अभियानमा पुर्याएको योगदानको चर्चा गर्दै यो तालिमले सस्थागत विकासमा टेवा पुर्याउने विस्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रम उद्घाटन प्रमुख अतिथी प्रदेश सहकारी संघका अध्यक्षले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनको प्राचार्य गणेशप्रसाद तिमिल्सेनाले तालिमको विषय वस्तु र तालिमको महत्वबारे मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष तारादेवी सुवेदीको स्वागत मन्तव्य र संस्थाका सचिव राजकुमार उप्रेतीले सञ्चालन गरी सुरु भएको तालिमको सहजीकरण नेफ्स्कून प्राचार्य गणेशप्रसाद तिमिल्सेना र व्यवसाय अधिकृत दिनेश गौतमले गर्नुभएको थियो ।

सगुन साकोसले प्रोवेसन कार्यक्रममा आवद्ध भई सदस्यको सन्तुष्टीलाई केन्द्रमा राखि आफ्ना कार्यक्रमहरु गर्दै आइरहेको छ । सर्लाही क्षेत्रका १० हजार भन्दा बढि सदस्यहरु मार्फत १ अर्ब ४९ करोड भन्दा बढि सम्पत्तीलाई सदस्य माझ परीचालन गर्नुभएको छ ।