रुपन्देहिमा सञ्‍चालित पर्ल्स तालिम सम्पन्‍न

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा सञ्चालित त्रि-दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न भएको छ । तालिममा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र गुल्मी जिल्लाका ४१ बचत तथा ऋण सहकारी संस्थाबाट ६१ जना साकोस प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । रुपन्देहि फिल्ड व्यवस्थापन उपसमिति सदस्य शुभकान्त न्यौपानको अध्यक्षता र नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् लुम्बिनी प्रदेश वचत संघका अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो ।

तालिम समापनका क्रममा सहभागी प्रतिनिधिहरु कोलिय देवदह साकोसका कोषाध्यक्ष प्रजापति सापकोटा, कपिलबस्तु सिनर्जी साकोसकी अञ्जु भुषाल र गरिमा साकोस रुपन्देहीका अध्यक्ष कृष्ण देवकोटाले तालिमबाट पर्ल्स सूचक सम्बन्धी गहिरोसँग बुझ्‍ने अवसर मिलेको र सिकेका विषयहरुको संस्थामा प्रभावकारी कार्यान्वयनमा प्रतिवद्ध रहने जनाउँदै तालिमले संस्थाको वित्तीय सवलता र सुशासन प्रवर्द्धनमा सघाउ पुग्‍ने विश्वास व्यक्त गर्नुभएको थियो । तालिम सहजीकरण तालिम अधिकृत सुमन घिमिरे र कार्यक्रम अधिकृत मजोज खड्काले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *