एकैदिन सिन्धुलीका १२ साकोस कर्व्‍समा आवद्ध


नेफ्स्कूनद्वारा प्रवर्द्धित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्व्‍समा सिन्धुलिका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकसाथ आवद्ध भएका छन् । कमलामाई नगरपालिका सिन्धुलीमा आयोजित एक कार्यक्रमका बीच नेफ्स्कून, जिल्ला बचत संघ सिन्धुली र १२ साकोसबीच त्रिपक्षिय कार्यक्रम सम्झौता भएको छ । कार्यक्रममा बोल्दै जिल्ला बचत संघ सिन्धुलीका अध्यक्ष विमला श्रेष्ठले यस कार्यक्रम मार्फत साकोसहरुको सिकाई तथा सुशासन वृद्धिका साथै साकोसहरु नीति, विधि र प्रविधिमा चल्ने र संस्थागत सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कूनले महिला साकोसहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित निशुल्क सफ्टवेर सेवा प्रदान गरिरहेको विषयमा जानकारी गराउँदै सम्पूर्ण महिला साकोसहरुलाई समयमै उक्त सुविधा उपभोग गरी साकोसलाई प्रविधिमैत्रिका साथै थप व्यवस्थित बनाउन अनुरोध गरेको थियो । स्वणीम साकोसको सभा हलमा सञ्चालित उक्त सम्झौता कार्यक्रममा साकोसको तर्फबाट व्यवस्थापक तथा सञ्‍चालक प्रतिनितिहरुले हस्ताक्षर गर्नुभएको थियो भने बचत संघको तर्फबाट संघको अध्यक्ष विमला श्रेष्ठ र कोषध्यक्ष कृष्णहरी कोइराला एवम् नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत श्यामराजा तिमिल्‍सेना र व्यवसाय अधिकृत राजेन्द्र ढकालले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा ३० जना सहभागीहरुको उपस्थिति रहेको थियो । नेफ्स्कूनले आवद्ध सदस्य संस्थाहरुको सम्भावित जोखिम व्यवस्थापन गरी स्तरीकृत संस्था सञ्चालन र गुणस्तरीय सेवा प्रवाह प्रवर्द्धनमा जोड दिने उद्देश्यसहित साकोसहरुको स्तरीकरण कार्यक्रम आवद्धतालाई प्राथमिकतामा राख्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न