नेफ्‍स्‍कूनको सेवा तथा व्‍यवसायहरु सम्‍बन्धमा अन्तरक्रिया कार्यक्रम


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले धादिङ र गोरखामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका साकोस प्रतिनिधिहरु बीच संघको सेवा तथा व्यवसायहरु बारे जानकारी दिने उद्देश्यसहित यही चैत्रमा अन्तरक्रिया सञ्चालन गरेको थियो । संघका कोषाध्यक्ष दिपक पनेरु र व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठको उपस्थितिमा अरुघाट क्लष्टर, धादिङ क्लष्टर र हाइवे क्लष्टरमा आवद्ध साकोस प्रतिनिधहरुका लागि छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । तीन स्थानमा सञ्चालित उक्त कार्यक्रममा दुई जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ९८ जनाको सहभागिता थियो भने जिल्ला बचत संघ धादिङका अध्यक्ष टापबहादुर श्रेष्ठ, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र स्थानीय सहकारीकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

संघका कोषाध्यक्ष दिपक पनेरुले अन्तरलगानी सेवा विविधिकरण र सूचना प्रविधि सेवा सहजीकरणमा संघले सदस्य हितमा काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले संघले सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताको कार्यक्रमहरु मार्फत आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरु जोखिम न्यूनीकरण गरी स्तरीकृत संस्था सञ्चालन गर्न र गुणस्तरीय सेवा सुविधा पुर्याउन सफल भएको उदाहरण प्रस्तुत गर्दै स्तरीकृत संस्था सञ्चालनमा प्रतिवद्ध बन्‍न सहभागी सम्पूर्ण साकोस प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।

संघ व्यवसाय विभाग प्रमुख श्रेष्ठले संघको सेवा तथा व्यवसाय, व्यवसाय विकास सम्बन्धी नीतिगत व्यवस्था, योजना तथा भावी कार्यदिशा, साकोसका समसामयिक समस्या एवम् चुनौतिहरुका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । कोषाध्यक्ष पनेरुले सहभागी साकोस प्रतिनिधिहरुका जिज्ञासाहारुलाई सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एवम् व्यवस्थापन सहजीकरण धादिङ फिल्ड कार्यालय इन्चार्ज शम्भुप्रसाद घिमिरेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन