जोखिम विश्लेषण कार्यशाला SARAW WORKSHOP सम्पन्‍न


काठमाडौं । बचत तथा ऋण सहकारी संघ लि. कास्कूनको आयोजनामा जोखिम विश्लेषण कार्यशाला SARAW WORKSHOP २०७७ यही चैत्रमा कोटेश्वर क्षेत्रका ७ वटा बचत तथा ऋण सहकारी संस्थाका १३ जना अध्यक्ष, पदाधिकारी, सञ्‍चालक तथा व्यवस्थापकहरुको सहभागितामा होटल तपोवन, कोटेश्वरमा सम्पन्न भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कून र काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कूनका बिच सम्पन्न साझेदारी सम्झौता कार्यक्रम अनुसार कास्कूनले जोखिम विश्लेषण कार्यशाला आयोजना गरेको हो । काठमाडौंमा कास्कूनले जोखिममा आधारीत साकोस सुपरीवेक्षण तथा अनुगमन CURBS र जोखिम विश्लेषण कार्यशाला SARAW Workshop कार्यक्रम सञ्चा‍लन गर्दै आईरहेको छ । कास्कूनका सचिव सालिकराम पुडासैनीज्यूको अध्यक्षतामा सञ्‍चालन भएको कार्यक्रममा संघको फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य खेलनाथ सिग्देलले सहभागीहरुलाई कार्यक्रमको बारेमा प्रकाश पार्दै साकोसलाई गुणस्तर रुपमा सञ्‍चालन गर्न कास्कूनसंग सहकार्य गर्न अनुरोध गर्दै सहभागी सबैलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कास्कूनका सचिव एवम् उद्घाटन सत्रका अध्यक्ष सालिकराम पुडासैनीले साकोसहरुमा आर्थिक सुशासन कायम गरी वित्तीय स्थायीत्व र गुणात्मक विकासका लागि सञ्चालित साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रम कास्कूनले सञ्‍चालन गर्ने भएकोले सहभागी हुन अनुरोध गर्नुभयो । कार्यक्रमबाट पहिचान गरिएका जोखिमहरुलाई न्युनिकरण गर्ने कार्यक्रम कर्व्समा सहभागी हुन पनि आह्वान गर्नुभएको थियो । कार्यक्रममा कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारी र कार्यक्रम अधिकृत सविना न्यौपानेले संयुक्त रुपमा सहजीकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन