क्षमता अभिवृद्धि तालिम शुरु


काठमाडौं । ललितपुरको लुभुस्थित कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC आजबाट शुरु भएको छ । ललितपुरको गोटीखेलमा शुरु भएको ४ दिवसीय तालिमको उद्घाटन नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले गर्नुभयो । पनेरुले परिवर्तित समयानुकुल व्यक्तिगत व्यवहार, आचरण, कार्यपद्धति, सीप र ज्ञान पनि उन्‍नत र विकासशिल बन्नुपर्ने बताउँदै संस्था सञ्चालनमा नयाँ कार्यशैली, प्रविधि विकास र गुणस्तरयुक्त सेवा प्रवाहका निम्ति तालिम नियमित प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो कल्याणकारी बचत तथा ऋण सहकारी संस्था सदैव सदस्य कल्याणका लागि अभिप्रेरित रहेको र भविष्यमा पनि यसले सदस्य केन्द्रीत सेवा प्रवाहलाई जोड दिँदै सदस्यहरुको आर्थिक रुपान्तरणमा क्रियाशिल रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका अतिथि एवम् बाग्म‍ती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले सहकारीका निश्चित सिद्धान्त, मुल्य र मान्यता अनुरुप सञ्चालन हुनुपर्छ, जसका कारण सदस्यको जीवनमा देखिने किसिमको सकारात्मक आर्थिक, सामाजिक परिवर्तन सम्भव होस् भनेर भन्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, तालिम अधिकृत सुमन राज घिमिरे र कल्याणकारी साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु र लेखा सुपरिवेक्षण समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । कल्याणकारी साकोसका अध्यक्ष देवी श्रेष्ठको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सञ्चालन साकोसका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले गर्नुभएको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन