साकोस प्रतिनिधिहरूबीच नेफ्स्कूनको अन्तरक्रिया


लम्‍जुङ । नेफ्स्कून फिल्ड कार्यालय लम्‍जुङको आयोजनामा लम्‍जुङको बेसिशरमा नेफ्स्कूनको अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । जिल्लामा सञ्चालित १३ वटा बचत तथा ऋण संस्थाहरुका २२ जना प्रतिनिधिहरुसँग नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक, सञ्चालक, फिल्ड व्यवस्थापन उपसमिति र कर्मचारीहरुबीच अभियानका समसामयिक विषयहरुका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको थियो । नेफ्स्कूनका सञ्चालक एवम् फिल्ड उपसमिति संयोजक कमलादेवी गिरिको अध्यक्षता र नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले नेपालकोे साकोस अभियान, संघको वित्तीय अवस्थाको तुलना, अभियानको विद्यमान अवस्था, संघका उपलब्धीहरु, साकोस अभियानको छवि संरक्षणमा भएका प्रयासहरु, साकोस अभियानको अबको गन्तव्य, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि साकोस अभियानको योगदान र चालु आ.व. मा नेफ्स्कूनको रणनीतिक योजनाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सभाध्यक्ष कमलादेवी गिरिले नेफ्स्कूनका अन्तरलगानी सेवा र सूचना प्रविधि सेवाहरुमा प्रदान गरिएको सहुलियत विशेष गरी महिला सहकारीहरुको विषयमा जानकारी गराउँदै संघबाट प्रदान गरिएको सेवाहरु लिएर लाभ लिन र साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा सहभागी बन्न अनुरोध गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन