सहकारीका प्रतिनिधिहरूबीच नेफ्स्कून अभिमुखीकरण

जाजरकोट । जिल्लाको खलंगा स्थित सहकारीका प्रतिनिधिहरूबीच नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले यही चैत्रमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेफ्स्कून संञ्चालक एवंम कर्णाली प्रदेश संयोजक यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनबहादुर रावल रहनुभएको कार्यक्रममा संघका महासचिव दामोदर अधिकारी र भेरी नगरपालिका उपप्रमुख भावना भण्डारी विशेष अतिथि र जिल्ला सहकारी संघ जाजरकोटका सचिव राजु के.सी, नेफ्स्कून कर्णाली प्रदेश उपसमिति सदस्य जनकबहादुर शाही, भेरी नगरपालिका सहकारी शाखा प्रमुख केदार बहादुर कार्की लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि रावलले विगतमा आफु लामो समय सहकारी अभियानमा क्रियाशिल रहेको कारणले सहकारीका गतिविधिहरुमा चासो राख्‍ने गरेको बताउनुभयो । उहाँले जाजरकोट नेपालको सहकारी अभियानकै नेतृत्व गरी रहेको नेफ्स्कूनको प्रवेश सँगै जाजरकोटका सहकारीको प्रर्वद्धन र विकासमा ठुलो सहयोग पुग्ने विश्वास लिनुभएको छ । संघका महासचिव दामोदर अधिकारीले नेफ्स्कूनले स्वदेश तथा विदेशबाट ३२ बर्ष देखि आर्जन गरेको ज्ञान, सिप र प्रविधिमा यस क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास गर्न र नेफ्स्कूनका उत्पादन तथा सेवाहरुमा सहकारीको पहुँच बढाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरीएको जानकारी गराउनुभयो । उहाँले जिल्लामा सहकारीहरुको संस्थागत विकास र नेफ्स्कूनसँगको सहकार्य वृद्धिका लागि सहकारीहरुको नेफ्स्कूनसँगको आवद्धता बढाउनुपर्ने धारणा राख्नुभयो ।

सञ्चालक यज्ञ प्रसाद ढकालले सहकारी ऐनको मर्म पनि सञ्जालमा आवद्धता अनिवार्य लिनुपर्ने भएकोले सबै साकोसहरुलाई नेफ्स्कूनमा आवद्ध हुन अनुरोध गर्नुभयो । कार्यक्रममा रुकुम पश्चिम र जाजरकोटबाट गरी २५ वटा संस्थाका प्रतिनिधि र अतिथि गरी ४६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनको परिचय, अभियानको वर्तमान अवस्था, अभियानको जोखिमहरू, अभियान जोगाउनको लागि नेफ्स्कूनका कार्यक्रमहरु, संञ्जालको महत्व, नेफ्स्कूनमा आवद्धता र त्यसबाट हुने फाइदाहरु र अभियानको अवको कार्यदिशा सहितको प्रस्तुतिकरण संघका सुर्खेत फिल्ड कार्यलय इन्चार्ज छत्रप्रसाद धमालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेफ्स्कून कर्णाली प्रदेश उप समिति सदस्य जनकबहादुर साहीले र सञ्‍चालन नेफ्स्कून अनुगमन अधिकृत पवनजङ्‌ग मल्लले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *