जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा सञ्चालित सहकारीहरुका लागि नेफ्स्कून र स्थानीय निकायको संयुक्त साझेदारीमा सञ्चालन हुने आधारशिला कार्यक्रम कार्यान्वयको शुरुवात भएको छ । नेफ्स्कूनका सञ्चालक एवं सुर्खेत फिल्ड कार्यलय संयोजक यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरी नगरपालिका उपप्रमुख भावना भण्डारी, संघका महासचिव दामोदर अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ति, जिल्ला सहकारी संघ जाजरकोटका सचिव राजु के.सी, नेफ्स्कून कर्णाली प्रदेश उपसमिति सदस्य जनकबहादुर शाही, सहकारी शाखा प्रमुख केदार बहादुर कार्की लगायत ५४ जनाको सहभागिता रहेको थियो । भेरी नगरपालिकाका उपमेहर भावना भण्डारीले निर्वाचन हुनभन्दा पहिला सहकारी क्षेत्रमै रहेकोले पनि आफुले सहकारी लाई बढि महत्व दिएको र सहकारीको विकास र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारीको गुणात्मक विकासको लागि सरकार र अभियान सँगसँगै जानुपर्ने धारणा राख्नुभयो । नेफ्स्कून सँग भएको सहकारी क्षेत्रको लामो अनुभव, सिप, दक्षता, प्रविधि र स्थानिय तहसँग भएको स्रोतको अधिकतम सुदुपयोग गरी ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुको संस्थागत विकास गर्ने र आत्मनिर्भर सहकारी संस्थाहरु बनाउने लक्ष्य सहित आधारशिला कार्यक्रम संञ्चालनमा ल्यायको धारणा राख्नुभयो । उहाँले कार्यक्रम पश्चात संबै संस्थाहरुमा स्थलगत रुपमा नेफ्स्कून र पालिकाको संयुक्त अनुगमन हुने र संस्थाहरुको आवश्यकताको विश्लेषण गरी सोही अनुसार कार्यक्रम तय गर्ने धारण व्यक्त गर्नुभयो ।

संघका संञ्चालक यज्ञप्रसाद ढकालले कार्यक्रम कार्यान्वयन अवधिमा सबेै संस्थाहरुलाई सक्षम तथा दीगो बनाउन नेफ्स्कूनले कुनै कसुर बाँकी नराख्ने बताउँदै एक्लै चल्न नसक्ने संस्थाहरुलाई एकिकरणको लागि सहजिकरण गरिने जानकारी गराउनुभयो । कार्यक्रममा आधारशिला कार्यक्रमको आवश्यकता, सञ्चालन प्रकृया, सहकारी संस्थाहरुको भूमिका, आधारशिलाको परिचय सहित समसामहिक विषयमा सहजिकरण सुर्खेत फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमालाले गर्नुभएकोे थियो भने कार्यक्रमको संञ्चालन नेफ्स्कून अनुगमन अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो ।
Leave a Reply