व्यवस्थापन प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कूनको वार्षिक नीति तथा कार्यक्रम अनुरुप गोङ्‍गवु क्षेत्रमा सञ्‍चालित साकोसका व्यवस्थापन प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम यही चैत्रमा क्‍वालिटी क्याफे, सामाखुसी, काठमाडौंमा विभिन्न साकोसका २८ जना सञ्चालक तथा व्यवस्थापकहरुको सहभागितामा कार्यक्रम सम्पन्न गर्नुभएको थियो । कार्यक्रम कास्कूनका उपाध्यक्ष नवराज अर्यालज्यूको अध्यक्षतामा सञ्‍चालन भएको थियो भने संघका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संघका सञ्‍चालक एवं कास्कून सेवा कार्यालय गोङ्‍गवुका व्यवस्थापन उपसमिति सदस्य तारानाथ सापकोटा, व्यवस्थापक अरुण कुमार तिवारी समेतको उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा कालिका विकास साकोसका व्यवस्थापक यसोदा पुन थापा, उद्देश्य साकोसका व्यवस्थापक सिताराम रिमाल, निर्धन उत्थान साकोसका व्यवस्थापक सुनिल कार्की, सिमसार अध्यक्ष कपिल विमली, श्री गणेश साकोसका व्यवस्थापक श्रीकृष्ण आचार्य, ग्रोमोर साकोसका व्यवस्थापक राजेन्द्र पोखरेल, सत्कार साकोसका सचिव गोविन्द पुरी, नमोनारायण साकोसका व्यवस्थापक भोला घिमिरे, सचिव दिवाकर कार्की, सर्वशक्ति साकोसका व्यवस्थापक अमर महर्जन, स्पर्श साकोसका अध्यक्ष नरबहादुर श्रेष्ठ, श्रमिक जनता साकोका अध्यक्ष कुमार तामाङ, नयाँ पुस्ता साकोसका सचिव पुस्कर सापकोटा एनरिच साकोसका व्यवस्थापक संगिता क्षेत्री, आर्थिक विकास साकोसका सचिव बद्रीकुमार थापा, सुर्यतारा साकोसका व्यवस्थापक अशोक सापकोटा लगाएतका सहभागीहरुले कास्कूनका वस्तु तथा सेवाहरु, सेवा प्रवाह प्रक्रिया, तालिमका विषयवस्तु, समयावधि र नेफ्स्कून–कास्कून साझेदारी लागाएतका विषयहरुमा जिज्ञासा र सुझाव राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासाको समाधान गर्दै संघका सञ्‍चालक तारानाथ सापकोटाले कास्कूनले संस्थाहरुलाई नीति, विधि र प्रविधिमा आधारीत भएर सञ्‍चालन गर्न सहजीकरण गर्ने, क्षमता विकास गराउने र तरलता व्यवस्थापनमा प्रतिस्पर्धि दरमा सहयोग गर्ने संघ भएको हुँदा निर्धक्क भएर संघको कारोबारमा जोडिन प्रेरीत गर्नुभएको थियो । सो अवसरमा सहभागी साकोसहरुलाई गुणस्तर सुनिश्चितता कार्यक्रमहरुमा सहभागी हुन पनि हार्दिक आह्वान गर्दै कार्यक्रममा सहभागीता जनाउनु भएकोमा सम्पूर्ण सहभागीलाई हार्दिक धन्यवाद दिदैं कार्यक्रमको समापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्‍चालन संघका व्यवस्थापक अरुणकुमार तिवारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन