सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्‍न


काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कूनको आयोजनामा यही चैत्रमा एक दिवसिय सम्पत्ति शुद्धीकरण निवारण तालिम हार्दिक होटल बागबजार, काठमाडौंमा ३५ वटा साकोसका ४० जनाको सहभागीतामा सम्पन्न भएको थियो । यो तालिम नेफ्स्कून-कास्कून साझेदारी कार्यक्रम अनुरुप कास्कूनको आयोजना र नेफ्स्कूनको प्राविधक सहकार्यमा सञ्‍चालन भएको कार्यक्रम नेफ्स्कून फिल्ड कार्यालय न्युरोडको समन्वयमा सञ्‍चालन भएको थियो । तालिमको उद्घाटन सत्रमा नेफ्स्कून फिल्ड कार्यालय न्युरोडका व्यवस्थापन उपसमितिका सदस्य ठाकुरनाथ आचार्यले सहजकर्ताज्यूलाई प्रिजेन्टर हस्तान्तरण गर्दै शुरुवात भएको कार्यक्रमको तालिम समापन सत्र कास्कूनका संचालक विरेन्द्र भण्डारीको अध्यक्षता र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समापन सत्रमा कास्कूनका सञ्‍चालक तारानाथ सापकोटा, कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्य र कास्कूनका उद्यमशिलता प्रवद्र्धन उपसमितिका सदस्य गंगालाल श्रेष्ठको उपस्थिती रहेको थियो । संघका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले सम्पत्ति शुद्धीकरण निवारण एक शसक्त विषय भएको हुँदा सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली र सहकारी संस्थाहरुका लागि जारी निर्देशन बमोजिम संस्थाले गर्नुपर्ने जिम्मेवारीका कार्यहरु गर्न ढिला गर्न नहुने बताउँदै सहजीकरण गर्न कास्कून तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एवं नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले सहकारी संस्थाहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनले सूचक संस्थाको रुपमा रहेकाले संस्थाले नियमित रुपमा दिनुपर्ने प्रतिवेदन दिने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सो अवसरमा नेफ्स्कून र कास्कूनका बिचको साझेदारी कार्यक्रम, नेफ्स्कूनका वस्तु तथा सेवा र सदस्य संस्थाहरुको स्तरीकरण कार्यक्रमका बारेमा जानकारी गराउँदै सहभागी हुन र लाभ लिनका लागि अनुरोध गर्नुभएको थियो ।

समापन मन्तव्य राख्दै कास्कूनका सञ्‍चालक एवं समापन सत्रका अध्यक्ष विरेन्द्र भण्डारीले तालिममा सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै अनवरत शिक्षा मार्फत सहकारी संस्थाले कानुनको पालना गर्दै शुसासित बनाउनुपर्ने धारणा राख्नुभएको थियो । साथै तालिबाट प्राप्त ज्ञान, सिप र विषयवस्तुहरुको सार्थकताका लागि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य कार्य हुने हुँदा तालिममा सहभागी प्रतिनिधीहरुले कार्यान्वयनका लागि पहल गर्ने विश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा अतिथीज्यूहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने तालिमको सहजीकरण नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले गर्नुभएको कार्यक्रमको समापन सत्रको सञ्‍चालन नेफ्स्कून फिल्ड कार्यालय न्युरोडका ईन्चार्ज मनोज कार्कीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन