रक्तदान कार्यक्रम सम्पन्‍न


दाङ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको ६४ औ राष्ट्रिय सहकारी दिवस दाङ जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको थियो । जिल्ला सहकारी संघ मुल आयोजक समिति रहने गरी जिल्लामा क्रियाशील सम्पुर्ण विषयगत संघहरु, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको थियो । चैत्र १८ गते बुधबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कून फिल्ड कार्यालय घोराही दाङ र जिल्ला बचत संघ दाङको संयुक्त आयोजनामा रक्त सञ्‍चार केन्द्रमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको अध्यक्ष रुपहादुर खत्रीको अध्यक्षता एवम् जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न सहकारी कर्मीहरु गरी ३५ जनाको उपस्थिति रहेको थियो भने १७ जनाले रक्तदान गर्नुभएको रक्त सन्चार केन्द्र कार्यप्रमुख दिपक न्यौपानेले बताउनुभयो ।

नेफ्स्कून फिल्ड व्‍यवस्‍थापन उपसमिति सदस्य भरतबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेफ्स्कुन दाङ फिल्ड कार्यालयका इन्चार्ज वेदप्रसाद भट्टराईले गर्नुभएको थियो । यसैबीच आजै बिहान जिल्ला कृषि सहकारी संघको आयोजनामा विश्वकै अग्लो त्रिशूल रहेको पवित्र धार्मिक स्थल पाण्वेश्वर महादेव मन्दिर धारापानीमा बृहत् सरसफाइ कार्यक्रम पनि सम्पन्न भएको थियो । करिव ५० जनाको सहभागितामा सम्पन्न कार्यक्रमको संयोजन जिल्ला कृषि संघकि अध्यक्ष पद्‍मा आचार्यले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन